Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

चक्रवात ‘अर्नब’को प्रभाव भोलिदेखि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना

द्वारा फाल्चा मिडियाOctober 30, 20266:39 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
चक्रवात ‘अर्नब’को प्रभाव भोलिदेखि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।नेपाल मौसम विज्ञान विभागले चक्रवात ‘अर्नब’को प्रभाव भोलि अपराह्नदेखि क्रमशः कम हुँदै जाने जनाएको छ। विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर भई न्यूनचापीय क्षेत्रमा परिणत भएकाले वर्षा, हिमपात र हावाहुरीको प्रभाव सामान्य रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

आज राति पनि देशका अधिकांश स्थानमा बदली रहने र केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशीमा सबैभन्दा बढी ५० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px