Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

बंगालको खाडीमा विकसित चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपातको सम्भावना

द्वारा फाल्चा मिडियाOctober 25, 20265:27 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
बंगालको खाडीमा विकसित चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


नेपाल मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको शक्तिशाली न्यूनचापीय क्षेत्र थप बलियो हुँदै आगामी सोमबार चक्रवातमा परिणत हुने सम्भावना छ। उक्त मौसम प्रणालीको प्रभाव नेपालमा समेत पर्ने भएकाले वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको हो।

सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो तथा हिमपातजन्य विपद् निम्तिन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। विभागका अनुसार उक्त मौसम प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको अवस्था तथा सम्भावित असरबारे थप विश्लेषण भइरहेको छ। प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px