Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

एशियाली खेलकुदको २०औँ संस्करण सम्पन्न, चीन शीर्ष स्थानमा; नेपाललाई दुई कांस्य

द्वारा फाल्चा मिडियाOctober 4, 202611:42 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
एशियाली खेलकुदको २०औँ संस्करण सम्पन्न, चीन शीर्ष स्थानमा; नेपाललाई दुई कांस्य

जापानको आइची–नागोया शहरमा आयोजित एशियाली खेलकुद प्रतियोगिताको २०औँ संस्करण सम्पन्न भएको छ। पालोमा मिजुहो रंगशालामा आयोजित विशेष समापन समारोहसँगै प्रतियोगिता औपचारिक रूपमा सम्पन्न भएको हो।


समापन समारोहमा आगामी २१औँ संस्करणका आयोजक कतारलाई एशियाली खेलकुदको झण्डा हस्तान्तरण गरिएको छ। कतारले सन् २०३० मा पहिलोपटक एशियाली खेलकुद आयोजना गर्दैछ। झण्डा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुररहमान अल थानीलाई हस्तान्तरण गरिएको हो।


प्रतियोगितामा ४५ देशका १७ हजारभन्दा बढी खेलाडीले ४३ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। कुल ४६९ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा १६९ स्वर्णसहित ३४१ पदक जितेको चीन पदक तालिकाको शीर्ष स्थानमा रह्यो। आयोजक जापान ८३ स्वर्णसहित २६९ पदक जित्दै दोस्रो तथा ३९ स्वर्णसहित १५० पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रह्यो।


भारत चौथो र उज्बेकिस्तान पाँचौँ स्थानमा रहे। प्रतियोगितामा २८ देशले स्वर्ण पदक जित्दा ४० देशले कम्तीमा एक पदक हात पार्न सफल भए। नेपालबाट २१ खेलमा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडीले सहभागिता जनाएका थिए। नेपालले महिला कबड्डी र पुरुष करातेको कुमुतेतर्फ गरी दुई कांस्य पदक जित्न सफल भयो। प्रतियोगिता आयोजनाका क्रममा केही कमजोरी देखिएको भन्दै आयोजकको आलोचना भए पनि समग्रमा एशियाड सफलतापूर्वक सम्पन्न भएको भन्दै एशियाली ओलम्पिक काउन्सिलले जापानलाई बधाई तथा धन्यवाद दिएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px