Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

२५ वर्षको साधनापछि कलाकार नवीन प्याथद्वारा बुद्ध मूर्ति उपहार

द्वारा फाल्चा मिडियाJuly 26, 20269:46 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
२५ वर्षको साधनापछि कलाकार नवीन प्याथद्वारा बुद्ध मूर्ति उपहार


भक्तपुर, मध्यपुर थिमि।

विगत २५ वर्षदेखि मूर्तिकलामा सक्रिय मध्यपुर थिमि–६ निवासी कलाकार नवीन प्याथले आफूले निर्माण गरेको सयनासन मुद्राको भगवान बुद्धको मूर्ति नगदेश बुद्ध विहारलाई उपहारस्वरूप हस्तान्तरण गरेका छन्।

फाइबर ग्लासबाट निर्मित उक्त मूर्ति करिब साढे सात फिट लम्बाइ तथा एक मिटर उचाइको रहेको छ। करिब दुई महिनाको निरन्तर मेहनतपछि तयार गरिएको यस मूर्तिको निर्माण लागत करिब तीन लाख रुपैयाँ रहेको कलाकार प्याथले जानकारी दिएका छन्।

नगदेश बुद्ध विहार तथा मध्यपुर थिमि–७ का अध्यक्ष कृष्णबहादुर प्रजापतिका अनुसार नेपालभर सयनासन मुद्रामा रहेको भगवान बुद्धको मूर्ति हालसम्म ललितपुरको ओकुबहालमा मात्र रहेको थियो। कलाकार नवीन प्याथले नगदेश बुद्ध विहारलाई यो मूर्ति हस्तान्तरण गरेसँगै यहाँ स्थापना हुने मूर्ति नेपालकै दोस्रो सयनासन बुद्ध मूर्ति बन्नेछ।

स्थानीय समुदायले कलाकार प्याथको योगदानलाई बौद्ध कला, संस्कृति तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px