Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवतीको दर्शन

द्वारा फाल्चा मिडियाOctober 14, 20267:56 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवतीको दर्शन

बनेपा, असोज २८ गते। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार बिहान काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन तथा पूजाआजा गर्नुभएको छ।

प्रधानमन्त्री शाह बिहान करिब १० बजे पाँचखाल नगरपालिका–९ स्थित मन्दिर पुग्नुभएको वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र राजनीतिक सल्लाहकार कुमार बेन पनि मन्दिर पुग्नुभएको थियो।

मन्दिरमा करिब १० मिनेट बिताउनुभएका प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीका साथै नजिकै रहेको कालीदेवी मन्दिरको समेत दर्शन गर्नुभएको पलाञ्चोक मन्दिरका पुजारी सुजित बज्राचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै पलाञ्चोक पुग्नुभएको थियो।

पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस मन्दिरमा भगवतीको दर्शन तथा पूजाआजाका लागि विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने गर्छन्। विशेषगरी नवरात्रलगायत धार्मिक पर्वका अवसरमा मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px