Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

बागमतीलाई बेसबल उपाधि

द्वारा फाल्चा मिडियाMay 3, 20263:59 PM1 min read
बागमतीलाई बेसबल उपाधि

दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपका उपाधि बागमती प्रदेशले जितेको छ । उपाधि जित्ने क्रममा बागमतीले आइबार भएको फाइनलमा सुदूर पश्चिमलाई १४–८ ल हरायो ।

प्रतियोगितामा सात प्रादेशिक र विश्वविद्यालय समेत गरी ८ टोलीको सहभागिता रहेको आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्ट बल सघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिए । प्रतियोगितामा लुम्बिनीले तेस्रो स्थान पायो । प्रतियोगिताको उपाधि विजेताले ३० , उपविजेताले २० तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाए । बागमतीका दीपेश माझी उत्कृष्ट खेलाडी घोषित भए । चौथो हुने कोसी प्रदेशले सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ पुरस्कार पायो । सो पुरस्कार सघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी हुन् । विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष राजीव श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल सघका अध्यक्ष भीम सिंह गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

खेलको दौरान शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसन महर्जन लगायतको उपस्थिति थियो ।