Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता बढेको क्यानको दाबी

द्वारा फाल्चा मिडियाOctober 17, 20261:37 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता बढेको क्यानको दाबी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले एनपीएललाई नयाँ ढङ्गले प्रस्तुत गरिने बताउनुभयो।

खड्काका अनुसार एनपीएलमा आईसीसीको एन्टी करप्सन कोड पूर्ण रूपमा लागू गरिनेछ। स्पट फिक्सिङ, म्याच फिक्सिङ तथा अन्य नियम उल्लङ्घनका घटनामा अन्तर्राष्ट्रिय नियमअनुसार कारबाही गरिनेछ। लिगमा प्रत्येक टोलीबाट कम्तीमा सात नेपाली खेलाडी खेलाउनुपर्ने र बढीमा आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेको क्यानले जनाएको छ।

यसैबीच, आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा एसियाली राष्ट्रका प्रतिनिधिहरू सहभागी भई एनपीएल तथा नेपाली क्रिकेटको विकासबारे छलफल गर्ने क्यानले जनाएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px