Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

जाजरकोटमा बाढीले घर र पुल बगायो, बाजुरामा पहिरोमा परी एक जनाको मृत्यु

द्वारा फाल्चा मिडियाAugust 14, 20268:00 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
जाजरकोटमा बाढीले घर र पुल बगायो, बाजुरामा पहिरोमा परी एक जनाको मृत्यु

जाजरकोटमा अविरल वर्षापछि आएको बाढीले चार वटा घर, एक खाजा पसल र एक झोलुङ्गे पुल बगाएको छ। यता, बाजुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

साउन २८ गते राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा आएको बाढीले चार वटा घर, एक खाजा पसल र एक झोलुङ्गे पुल बगाएको हो। बाढीबाट मानवीय क्षति भने भएको छैन।

बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन विपद् व्यवस्थापन बेस दल्ली जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

यसैबीच, बाजुराको त्रिवेणी नगरपालिका–९ स्थित तम्सुमा आज बिहान करिब ५ः१५ बजे वर्षाका कारण पहिरो खस्दा दुई वटा घर बगाएको छ। पहिरोमा परी एक जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराबाट उद्धार टोली परिचालन गरिएको थियो।

उद्धार टोलीले बिहान ८ः१५ बजे पहिरोमा बेपत्ता भएकी २० वर्षीया प्रतिक्षा थापाको शव फेला पारेको छ। घटनामा भएको अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px