Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

कान्समा नेपालको ऐतिहासिक सफलता:

द्वारा फाल्चा मिडियाMay 23, 202610:49 AM2 min read
कान्समा नेपालको ऐतिहासिक सफलता:

९ जेठ, काठमाडौं । नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग'ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा पुरस्कार जित्दै नेपालको फिल्म इतिहासमा नयाँ अध्याय थपेको छ।


अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले 'अन सर्टेन रिगार्ड' अन्तर्गत जुरी पुरस्कार प्राप्त गरेको हो। कान्स फेस्टिभलमा पुरस्कार जित्ने यो पहिलो नेपाली फिचर फिल्म बनेको छ। यससँगै एलिफेन्ट्स इन द फग 'अन सर्टेन रिगार्ड' विधामा छनोट हुने पहिलो नेपाली फिल्मसमेत बनेको छ। यो विधामा विश्वभरका फरक विषयवस्तु र शैलीका फिल्मलाई स्थान दिइन्छ। फिल्मले नेपालको तराई क्षेत्रको परिवेशमा आधारित रहेर कथा भन्छ। समाजको सीमान्तमा रहेका ट्रान्सजेन्डर महिलाहरूको जीवनलाई केन्द्रमा राखेको छ। कथाको मुख्य पात्र ‘पिरती’ किन्नर समुदायकी अगुवा हुन्, जसले आफूले प्रेम गर्ने व्यक्तिसँग नयाँ जीवन सुरु गर्ने चाहना राखेकी हुन्छिन्। तर समुदायकी एक छोरी हराएपछि उनी व्यक्तिगत चाहना र समुदायप्रतिको जिम्मेवारीबीच संघर्ष गर्न बाध्य हुन्छिन्।


कान्समा पुरस्कार ग्रहण गर्दै निर्देशक शाहले सीमान्तकृत समुदायको कथा विश्वमाझ पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे।

फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरूङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीको अभिनय रहेको छ। फिल्ममा नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनाइएको हो। निर्देशक शाह यसअघि पनि अन्तर्राष्ट्रिय मञ्चमा परिचित भइसकेका छन्। उनको छोटो फिल्म 'लोरी' ले कान्सको ७५ औं संस्करणमा विशेष सम्मान प्राप्त गरेको थियो। त्यो सम्मान पाउने पहिलो नेपाली छोटो फिल्म थियो।