Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

पत्रकारितामार्फत तामाङ भाषा र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै वीर बल तामाङ सम्मानित

द्वारा फाल्चा मिडियाNovember 3, 202611:48 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
पत्रकारितामार्फत तामाङ भाषा र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै वीर बल तामाङ सम्मानित

काठमाडौँ, कात्तिक १७ गते । तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सञ्चार तथा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार वीर बल तामाङ सम्मानित हुनुभएको छ।

तामाङ समाज यूएईले उहाँलाई खादा तथा दोसल्ला ओढाएर नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो। तामाङ समुदायको सामाजिक, शैक्षिक, साहित्यिक तथा सांस्कृतिक उत्थानका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका तामाङको योगदानको कदर गर्दै सम्मान गरिएको समाजले जनाएको छ।

समाजले भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँको निःस्वार्थ समर्पण र सक्रियताको उच्च मूल्याङ्कन गरेको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px