Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

नागढुंगा सुरुङमार्गमा आजदेखि टोल शुल्क लागू

द्वारा फाल्चा मिडियाNovember 1, 20266:37 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
नागढुंगा सुरुङमार्गमा आजदेखि टोल शुल्क लागू

काठमाडौँ, कात्तिक १५ गते । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क सङ्कलन सुरु भएको छ । सडक बोर्ड नेपालको निर्णयअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा शुल्क निर्धारण गरिएको छ । कार, भ्यान तथा हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, मिनी बस तथा ट्रकले प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा सिंगल रियर एक्सल ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तिर्नुपर्नेछ । भारी तथा मल्टी एक्सल सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px