Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

द्वारा फाल्चा मिडियाMay 12, 20263:30 PM2 min read
नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

२९ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको घरेलु सिरिजको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको साघुरो हार बेहोरेको छ ।


वर्षाका कारण डीएल मेथर्डअनुसार ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो ।गुल्सन झाले आक्रामक अर्धशतक प्रहार गरेपनि नेपाललाई जित दिलाउन सकेनन् । गुल्सन ३५ बलमा ६१ रन बनाएर अविजित रहे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।


रोहित ३२ रनमा आउट भए । ओपनर आसिफ शेख २१, करण केसी १८, विनोद भण्डारी १०, आरिफ शेख ३ र अर्जुन कुमाल ० रन बनाए । नन्दन यादव ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका ब्राड्ली करीले ३, मार्क वाटले २, ज्याक जर्विस र ओलिभर डेभिडसनले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सले सर्वाधिक ७५ रन बनाए । ६२ बलमा उनले १२ चौका र २ छक्का प्रहार गरे । जर्जले फिल्ने म्याकरिथसँग पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । फिल्ने ६२ बलमा ३५ रनमा आउट भए । दुवै ओपनरलाई सन्दीप लामिछानेले एकै ओभरमा आउट गर्दै खेलको मोमेन्टम फर्काएको थिए ।

त्यसपछि ब्रेनडन म्याकमुलेन ९ बलमा ७ र कप्तान रिचि बेरिङटन ११ बलमा ५ रन बनाएर आउट भए । १२८ रनमा ४ विकेट गुमाएको स्कटल्याण्डका लागि म्याथ्यु क्रस र माइकल इग्लिसले पाँचौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । म्याथ्यु ३८ बलमा १८ रन बनाएर आउट हुँदा इग्लिस ७२ बलमा ३४ रन बनाएर नटआउट रहे । मार्क वाट १८ बलमा २४ र माइकल लिस्क २३ बलमा २९ रन बनाएर आउट भए । ज्याक जर्विस ० रनमा आउट भए ।

बलिङमा नेपालका सन्दीप लामिछाने घातक बने । आफ्नो स्पेल पूरा गरेको सन्दीपले ४१ रन खर्चेर ४ विकेट लिए । लय गुमाएको नेपालका लागि सन्दीपले फर्काएका थिए । करण केसीले र नन्दन यादवले दुईदई विकेट लिए । सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।