Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

न्यु डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन

द्वारा फाल्चा मिडियाMay 3, 20264:48 AM1 min read
न्यु डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन

१०औँ पिएम कप एनभिए लिगमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा शनिबार भएको फाइनल पुलिसले न्युडायमन्ड स्पोर्ट्स एकेडेमीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।

यससँगै पुलिसले चौथौ पटक यस उपाधि जितेको छ । पुलिसले २५–२१, १७–२५, २५–२३, २५–१९ को नतिजा निकालेको थियो । उपाधिसँगै पुलिसले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता न्यु डायमन्डले पाँच लाख रुपियाँ पायो ।

लिगमा महिलातर्फ न्यु डायमन्ड, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लब गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै पुरुषतर्फ आजै साँझ हेल्प नेपाल स्पोर्ट्स क्लब र रुकुम पश्चिम भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।



विषयहरू:ClimatePost