टेकानपुर बासुरी प्रशिक्षण मौलिक जातिय कला संस्कृतिको संरक्षणको लागी समय समयमा बिभिन्न प्रयासहरु हुदै आएको छ । यसैबिच काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकास्थित थानकोट ४ वडा टेकानपुर बासुरी प्रशिक्षण प्रारम्भ गरिएको छ । ग्लोबल ग्रिन ग्रयान्ट फण्डको आर्थिक सहयोग तथा दिगो तथा समतामूलक विकास नेपालको संयोजनमा थानकोटस्थित टेकानपुर बलामी समुदाय लक्षित बासुरी प्रशिक्षण कार्यक्रमको थालनी गरिएको हो । आफ्नो अलग्गै पहिचान, भाषा, संस्कृति तथा परम्परा अंगाल्दै आईरहेका बलामी समुदायको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन, विकास र पुस्तान्तरणको उद्देश्यले थालिएको प्रशिक्षणमा बालबालिका, युवा, महिला तथा संगीतप्रेमीहरूको सहभागिता रहेको थियो । कार्यक्रममार्फत बासुरी वादनको आधारभूत सीप, स्वर–ताल तथा सांगीतिक अभ्यास सिकाइने आयोजक द्वय मकवानपुरस्थित " तथा चन्द्रागिरिस्थित टेकानपुर बलामी कला संस्कृति संरक्षण प्रर्वद्धन समिति"ले जनाएको छ ।





