Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

कांग्रेसको १५औँ महाधिवेशन : सत्ताभन्दा जनताको पक्षमा काम गर्न नेताहरूको सुझाव

द्वारा फाल्चा मिडियाOctober 4, 202611:24 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
कांग्रेसको १५औँ महाधिवेशन : सत्ताभन्दा जनताको पक्षमा काम गर्न नेताहरूको सुझाव

काठमाडौँ, १८ असोज । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो राजनीतिक संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको बताउनुभएको छ।


नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो।


त्यसैगरी, राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य तथा वर्तमान संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो। मुलुकको बदलिँदो राजनीतिक परिस्थिति र परिवेशअनुसार कांग्रेस अझ सशक्त र जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने धारणा राख्दै चौधरीले कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिनुभयो।



राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले ऐतिहासिक स्थलमा कांग्रेसको १५औँ महाधिवेशन आयोजना हुन लागेकोमा खुशी व्यक्त गर्दै मुलुकको समग्र भविष्यको दिशा निर्धारण गर्न महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो। देशको विशिष्ट राजनीतिक परिस्थिति र घटनाक्रमबीच आयोजना भइरहेको महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा मात्रै नभई मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउनसमेत योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px