काठमाडौँ, १८ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनको आधार भएको बताउनुभएको छ । दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले तीनै तहका सरकार जनताले राखेका ती अपेक्षा पूरा गर्नेतर्फ गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गर्नुभयो । रासस
Advertisement
Leaderboard728 × 90 px

Advertisement
Leaderboard728 × 90 px
Advertisement
Billboard970 × 250 px



