Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

द्वारा फाल्चा मिडियाOctober 8, 202611:47 AM2 min read

Advertisement

Leaderboard728 × 90 px
विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

काठमाडौं, असोज २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई अपिल गर्नुभएको छ।


डिजिटल युगमा पनि ७३ प्रतिशत नागरिकले विद्युत् महसुल भौतिक रूपमा काउन्टरमा पुगेर तिर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई परिवर्तन गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभएको हो।

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्। यी काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको उहाँले जानकारी दिनुभएको छ।

काउन्टरमा हुने भीड घटाएर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सके नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुने उहाँको भनाइ छ। साथै, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने तथा काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभएको छ।


उहाँले आफूले चिनेका परिवार, इष्टमित्र, छरछिमेक तथा अन्य नागरिकलाई डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न प्रोत्साहित गर्न आग्रह गर्नुभएको छ।

विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई एकपटक सिकाइदिन उहाँले अनुरोध गर्नुभएको छ। केही मिनेटको सहयोगले उनीहरूको हरेक महिनाको समय बचत गर्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले डिजिटल भुक्तानीलाई केवल प्रविधिको प्रयोग बढाउने अभियानका रूपमा नभई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी सदुपयोगसँग जोडिएको साझा अभियानका रूपमा लिनुपर्ने बताउनुभएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px