Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियन

द्वारा Naresh MaharjanMay 6, 202612:00 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियन

काठमाडौं- सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती कर्मचारीका ८ र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरू खारेज गरेको जानकारी दिएको हो। सरकारले नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज गरेको हो। सरकारले नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन पनि खारेज गरेको छ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px