Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

जावलाखेलमा रास्वपाका सांसदहरूलाई प्रशिक्षण

द्वारा फाल्चा मिडियाMay 9, 20268:22 AM2 min read
जावलाखेलमा रास्वपाका सांसदहरूलाई प्रशिक्षण

२६ वैशाख, काठमाडौं । रास्वपाले सांसदहरूका लागि प्रशिक्षण सुरु गरेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आज र भोलि ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण आयोजना गरिएको हो ।


प्रशिक्षणमा सहभागी हुन सांसदहरू जावलाखेल पुगेका छन् । प्रशिक्षणको औपचारिक उद्घाटन उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गरे । संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको रास्वपाले जनाएको छ । प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ । जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने कार्यक्रम छ । त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्नेछिन् । दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने रास्वपाले बताएको छ । सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिनुहुनेछ भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउनेछिन् ।


साथै, सह–महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछिन् । प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।