Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री डा तिमिल्सिना

द्वारा फाल्चा मिडियाSeptember 22, 202612:02 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, ६ असोज : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवद्र्धन, उत्थान तथा प्रवद्र्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटका क्रममा उहाँले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने उल्लेख गर्नुभयो । उहाँले दुर्गम तथा ग्रामिण क्षेत्रबाट हुने पत्रकारितालाई समेत राज्यले प्राथमिकताका साथ हेर्ने बताउनुभयो ।

साहित्यिक पत्रकार सङ्घले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेटिनुपर्ने, पत्रपत्रिकाको ढुवानीमा देखिएका समस्या समाधान गर्न हुलाक सेवामार्फत आवश्यक सहजीकरण गरिनुपर्नेलगायतका सुझाव दिएको छ । साथै, साहित्यिक पत्रकारिताको विकास र प्रवद्र्धनका लागि राज्य तथा सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि सङ्घको भनाई छ ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px