काठमाडौँ, भदौ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ। प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर विधिपूर्वक पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पूजाआराधनाका क्रममा राष्ट्रपति पौडेलले देशमा शान्ति, स्थायित्व र समृद्धि कायम हुनुका साथै सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र कल्याणको कामना गर्नुभएको थियो। सो अवसरमा उहाँले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो।
राष्ट्रपति पौडेलले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पशुपतिनाथ मन्दिरमा समय–समयमा पुगेर पूजाआराधना तथा दर्शन गर्दै आउनुभएको छ।




