Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

प्रधानमन्त्री बाढी प्रभावित विदुरमा

द्वारा फाल्चा मिडियाAugust 27, 20268:59 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
प्रधानमन्त्री बाढी प्रभावित विदुरमा

नुवाकोट, भदौ ११ गते । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार नुवाकोटको विदुर पुग्नुभएको छ ।

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुग्नुभएको हो । उहाँले विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढीपछिको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्छ ।

बैठकमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धारको अवस्था र राहत व्यवस्थापनबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउने र आवश्यक राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने विषयमा सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px