Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न रवि लामिछानेको आह्वान

द्वारा फाल्चा मिडियाSeptember 9, 20269:21 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षको परम्परागत सीमाभन्दा माथि उठेर राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायसमक्ष एकजुट भएर उभिन आह्वान गर्नुभएको छ।


प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एकजुट भएको उल्लेख गर्दै विवेक र मानवीयताको आधारमा देशले भविष्य खोज्नुपर्ने बताउनुभयो।


उहाँले विपद्मा सरकारले सक्दो प्रयासका साथ उद्धार तथा खोजी कार्य गरिरहेको बताउँदै पीडितको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राख्नुभयो। साथै, पीडितमाथि सामाजिक सञ्जालमा अवाञ्छित टिप्पणी नगर्न आग्रह गर्दै त्यस्तो कार्यमा रास्वपाका कार्यकर्ता संलग्न भए कारबाही गरिने बताउनुभयो।


लामिछानेले विपद् व्यवस्थापनमा प्रतिपक्षबाट आउने रचनात्मक सुझावलाई सरकारले आत्मसात् गर्नुपर्ने तथा विपद्को नाममा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभयो।


जलवायु सङ्कटका कारण प्रभावित नागरिक जलवायु अन्यायका पीडित भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायका लागि विश्व समुदायसँग दृढतापूर्वक आवाज उठाउनुपर्ने बताउनुभयो। साथै, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ताको प्रशंसा गर्दै निजी क्षेत्र, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली तथा मित्रराष्ट्रहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px