Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

रामकृष्ण ढकाले गर्याे मालती मंगलेको प्रिमियर

द्वारा फाल्चा मिडियाMay 7, 20263:41 PM2 min read

Advertisement

Leaderboard728 × 90 px
रामकृष्ण ढकाले गर्याे  मालती मंगलेको प्रिमियर

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'मालती मंगले'ले प्रिमियरमा तारिफ पाएको छ। बुधबार आयोजित प्रिमियरमा फिल्म हेर्नेहरूले यसले उठान गरेको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गरेका हुन्। फिल्मका कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको छ।


प्रिमियरमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फिल्म राम्रो बनेको बताए।


'मालती मंगले' का निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले नेपालमा भन्नै पर्ने कथा फिल्मले उठाएको प्रतिक्रिया दिए। उनले भने, 'मैले धेरै पछि फिल्म हेर्ने मौका पाएँ। यो फिल्म निकै राम्रो छ। कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ। आम दर्शक भएर हेर्दा यो फिल्म निकै राम्रो छ। निर्देशक नयाँ भए पनि नयाँले बनाएको फिल्म जस्तो लाग्दैन। म यो फिल्म हेरेर हाँसे पनि, इमोसनल पनि भएँ।'


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि फिल्म हेरेर यसको प्रशंसा गरेका थिए। प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्रीलगायत फिल्मकर्मी, संगीतकर्मी, फिल्म युनिट तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।


रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको 'मालती मंगले' को निर्देशक प्रकु पाण्डेय हुन्। फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।


सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन्। फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।


आरआर फिल्म्सले वितरण गर्ने यो 'मालती मंगले' शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ। फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px