Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

सिकलसेल : सुकुमवासी चीत्कारदेखि जमिनदारको डरसम्‍म

द्वारा फाल्चा मिडियाMay 5, 20261:52 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
सिकलसेल : सुकुमवासी चीत्कारदेखि जमिनदारको डरसम्‍म

जमिनदार विशालध्वज (गोविन्द ओली) र पत्नी प्रमिला (विनिता लामा गुरुङ) को आँगनमा एक दिन गाउँको जुलिसमा गुञ्जिरहेको नाराको प्रतिध्वनि सुनिन्छ- सुकुमवासी समस्या समाधान गर, समाधान गर ! सुकुमवासी समस्या समाधान गर, समाधान गर !

यो नारा सुन्दा लाग्छ, देशभर गुञ्जिरहेको सुकुमवासी चीत्कार शिल्पी थिएटर प्रवेश गरेको छ । सडकदेखि सामाजिक सञ्जालमा गुञ्जिरहेको यो नाराले राज्यलाई कहिले जवाफदेही बनाउला ? सुकुमवासी व्यवस्थापनका नाममा देखिएको लापरबाही, हतारो अनि असंवेदनशील कदमले पक्कै जवाफ पर्खिरहेको छ ! तर, के यी नाराले नेतृत्त्वलाई झस्काउँछ ?

नाटकको मञ्चमा भने यी नाराले जमिनदार विशाल ध्वजलाई भित्रैदेखि हल्लाइदिएको छ । पत्नी प्रमिला पनि सुकुमवासीको जुलुससँग डराएकी छन् । कहीँ आफ्नो घरमा काम गर्दै आएका रामविश्वासको परिवार त यो जुलुसमा सामेल हुन पुगेन ? यी दुई दम्पत्ती सशंकित देखिन्छ । 'त्यो जुलुसमा सामेल हुन रामविश्वास पक्कै गएको हुनुपर्छ,' घरको बार्दलीमा उभिएकी प्रमिला जमिनदार विशालध्वजतर्फ हेर्दै अनुमान लगाउँछिन् ।

यो संवाद बोलिरहँदा प्रमिलाको अनुहार बेचैन देखिन्छ । लोकतन्त्रमा जुलुस गर्न पाइने बताइरहे पनि कतिले यसको धज्जी उडाएको भन्दै पत्नीसामु विशालध्वज चुपचाप उभिएका छन् ।

Circle The Artical

Reachable logo


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px