Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्दै रास्वपा

द्वारा फाल्चा मिडियाMay 6, 20266:51 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्की भन्छिन्, ‘रास्वपा स्वास्थ्य विभागलाई हामी केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्दै नितिगत कामहरु गर्दैछौँ ।’ उनका अनुसार अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी होइन । यो स्वास्थ्य प्रणालीकै कमजोरी हो । यस सन्दर्भमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागमार्फत काम गर्दैछ । स्वास्थ्य नीतिमा आमुल परिवर्तन ल्याउनका लागि विभागमार्फत काम गरिने डा.कार्कीले जानकारी दिइन् । यस निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको उनले बताइन् । नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px